आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु : कुन जिल्लाका कति ?

गोकर्णेश्वर खबर१३ आश्विन २०७७, मंगलवार १७:२६ मा प्रकाशित (३ साल अघि) ५४७ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विभिन्न जिल्लामा थप १० जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ ।

पछिल्लो २४ घन्टामा १ हजार ५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ५ सय १३ जनासहित देशभर संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको जानकारी दिए । संक्रमितमध्ये ५५ हजार ३ सय ७१ जना निको भएर घर फर्किएका छन् ।