आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

नेपालमा २४ घण्टामा १२०४ संक्रमित थपिए

गोकर्णेश्वर खबर३ आश्विन २०७७, शनिबार १७:१८ मा प्रकाशित (३ साल अघि) २६३ पाठक संख्या

काठमाडौँ- २४ घण्टाको अवधिमा नेपालमा १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमित संख्या ६२ हजार ७९७ पुगेको छ । नियमित पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ११ जना संक्रमितको मृत्यु भएको बताए ।

२४ घण्टाको अवधिमा १ हजार ४४७ जनाले कोरोना जितेका छन् ।

अहिले १७ हजार १२९ जनामा संक्रिय संक्रमित छन् । उनीहरु विभिन्न आइसोलेसनमा उपचाररत छन् । त्यस्तै देशभरका क्वारेन्टिनमा ७ हजार ७३५ जना छन् ।