आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

कोरोनाले पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु

गोकर्णेश्वर खबर१ आश्विन २०७७, बिहीबार १७:०३ मा प्रकाशित (३ साल अघि) ३०९ पाठक संख्या

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको विवरण यस्तो छ-

पछिल्लो एक सातामा कति जनाले ज्यान गुमाए ?

यसअघि बुधबार (हिजो) कोरोनाका कारण ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो । यसअघि मंगलबार ११ जनाको कोरोनाका कारण ज्यान गएको थियो । त्यसअघि सोमबार एकैदिन १५ जनाको कोरोनाका कारण ज्यान गुमाएका थिए ।

मन्त्रालयका अनुसार गएको आइतबार भने कोरोनाका कारण ९ जनाले ज्यान गुमाएका थिए । मन्त्रालयका अनुसार यसअघि शनिबार १४ जनाको कोरोनाका कारण ज्यान गएको थियो ।

कोरोनाकै कारण गएको शुक्रबार ५ जनाको कोरोनाले मृत्यु भएको थियो भने गत विहीबार १ महिला र ४ पुरुष गरी पाँच जनाले ज्यान गुमाएका थिए ।