आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

काँग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना,अइसीयुमा उपचार गरिदै

गोकर्णेश्वर खबर३१ भाद्र २०७७, बुधबार १०:४३ मा प्रकाशित (३ साल अघि) १०७६ पाठक संख्या

काठमाडौं । केही दिन अघि कोभिड १९ संक्रमण पुष्टि भएका नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला अस्पताल भर्ना हुनुभएको छ । स्वास्थ्य अवस्थामा समस्या देखिएपछि उहाँलाई गएराति नै अस्पताल भर्ना गरिएको हो ।

उहाँलाई अहिले राजधानीको ओम अस्पतालको आइसीयूमा राखेर उपचार थालिएको छ। आइसीयूमा राखेको भए पनि अक्सिजन लगाउनुपर्ने अवस्थामा भने नरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

ओम अस्पतालका मिडिया कोअर्डिनेटर विनोद अधिकारीका अनुसार कोइरालालाई गएराति सवा ८ बजे अस्पताल भर्ना गरिएको हो। कोइरालालाई कोभिड विशेष निगरानी कक्षामा राखेर उपचार थालिएको अधिकारीले बताउनुभयो ।

गएको भदौ २३ गते उनमा कोभिड १९ को संक्रमण पुष्टि भएको थियो। त्यसयता उहाँ होम आइसोलेसनमा रहँदै आउनुभएको थियो ।