आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार नाघ्यो : पछिल्लो २४ घन्टामा १,०३९ जना कोरोना संक्रमित कुन जिल्लाका कति ? (सूचीसहित)

गोकर्णेश्वर खबर२८ भाद्र २०७७, आईतवार १६:३२ मा प्रकाशित (३ साल अघि) ४९३ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ३९ जनासहित देशभर संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ३८ हजार ६ सय ९७ जना उपचारपछि घर फर्किएका छन् भने कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ४५ पुगेको छ ।

हेर्नुस् कुन जिल्लामा कति ?