आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

उपत्यकामा आजबाट निषेधाज्ञा खुकुलोः सवारी साधनमा जोरबिजोर

गोकर्णेश्वर खबर२५ भाद्र २०७७, बिहीबार ०६:२९ मा प्रकाशित (३ साल अघि) ४३३ पाठक संख्या

१६ भन्दा बढी सिट भएका यातायातका साधनमा जोरबिजोर प्रणालीको आधारमा सिट क्षमताभन्दा आधा यात्रु राखेर सञ्चालन गर्ने व्यवस्था गरिएको छ । उपत्यकामा अत्यावश्यक वस्तु किनबेच बिहान ७ बजेदिख ११ बजेसम्म र बुलेका ५ बजेदिख ७ बजेसम्म गर्ने पाइने भएको छ । अन्य व्यापार व्यवसायका लागि बार तोकिएको छ ।

सपिङ मल, फेन्सी, जुत्ता, कस्मेटिकका पसल सोमबार, बुधबार र शनिबार खोल्न पाइने छ भने भाडा र भान्साका सामग्रीका पसल आइतबार मंगलबार र शुक्रबार खोल्न पाइने छ ।

यस्तै, फर्निचर र अटोबाइलका पसल सोमबार र बुधबार मात्रै खोल्न पाइने छ । फुटपाथ, ठेला, स्टेसनरी, इलेक्ट्रिक्सका पसल र डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म खोल्न पाइने छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।