आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

नेपालमा कोरोना संक्रमितमध्ये १८४ जनाको अवस्था गम्भीर : कुन प्रदेशमा कति ? (सूचीसहित)

गोकर्णेश्वर खबर२५ भाद्र २०७७, बिहीबार ०६:२३ मा प्रकाशित (३ साल अघि) २७७ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितमध्ये १ सय ८४ जनाको अवस्था गम्भीर रहेको छ । देशका विभिन्न अस्पतालमा १ सय ६२ जनाको आइसियू र २२ जना गम्भीर खालका संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गम्भीर प्रकृतिका बिरामीको संख्या काठमाडौंमा उपत्यकामा धेरै छ । बागमती प्रदेशमा १ सय १ जनाको आइसियू र २१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हेर्नुस् कुन प्रदेशमा कति ?

कोरोना भाइरस संक्रमितको संख्या पनि देशभर ४९ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ८१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ८१ जनासहित देशभर संक्रमितको संख्या ४९ हजार २ सय १९ जना पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ३३ हजार ८ सय ८२ जना निको भएर घर फर्किएका छन् । कोरोनाबाट ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।