आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

कोरोना कहरः नेपालमा तीव्र, विदेशमा मत्थर हुँदै

गोकर्णेश्वर खबर२३ भाद्र २०७७, मंगलवार ०९:५२ मा प्रकाशित (३ साल अघि) २९० पाठक संख्या

काठमाडौं । अन्नपूर्ण पोस्ट्ले गत असार १६ गते विदेशका नेपालीमा कोरोना प्रभावबारे विस्तृत रिपोर्टिङ गरेको थियो । असार १५ सम्मको तथ्यांकअनुसार मुलुकबाहिर १ सय ३० नेपालीको मृत्यु भएको थियो ।

संक्रमितको संख्या २६ हजार २ सय २७ थियो । त्यस दिनसम्म नेपालमा २९ जनाको मृत्यु भएको थियो । १३ हजार २ सय ४८ संक्रमित थिए । सोमबारसम्म विदेशमा मृत्यु हुनेको संख्या २ सय छ । संक्रमित ३४ हजार ९ सय ३९ जना छन् । जब कि नेपालमा ३ सय जनाको मृत्यु भइसकेको छ ।

संक्रमित संख्या पनि बढेर ४७ हजार २ सय ३६ पुगेको छ । यसले अन्य मुलुकमा संक्रमण र मृत्युको दर घट्दो देखिन्छ । नेपालमा भने यो तीव्र गतिमा बढ्दो छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका प्रेस संयोजक चिरन शर्माले विदेशमा कोरोना संक्रमण नघटे पनि नेपाली समुदायमा घटेको जानकारी दिए । ‘कोरिया, यूएईबाहेक देशमा संक्रमण न्यून हुँदै गएको छ’, शर्माले भने, ‘लगभग नियन्त्रणमा आएको छ ।’

उनले विदेशमा नेपाली पहिलाको तुलनामा धेरै सुरक्षित रहेको सुनाए । ‘हाम्रो समुदायमा मात्र कम भएको हो’, उनले भने, ‘हामी बढी सजग भएर स्वास्थ्य मापदण्ड पालना गरेका कारण संक्रमण कम देखिएको हो ।’ उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।