आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

काठमाडौं उपत्यकामा ७ हजारभन्दा धेरै कोरोना संक्रमित : कुन-कुन क्षेत्र धेरै प्रभावित ?

गोकर्णेश्वर खबर२० भाद्र २०७७, शनिबार १६:१४ मा प्रकाशित (३ साल अघि) ६९९ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । आजसम्म उपत्यकाका विभिन्न ठाउँमा संक्रमितको संख्या ७ हजार ३८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो १० दिनमा उपत्यकामा कोरोना संक्रमितको संख्या दोब्बरले बढेको जनाएको छ । भदौ ८ गते ३ हजार ४ सय ८६ संक्रमित रहेको उपत्यकामा आजसम्म ७ हजार ३८ जनामा संक्रमण फेला परेको छ ।

काठमाडौं उपत्यकाका सबैभन्दा धेरै प्रभावित क्षेत्र काठमाडौं महानगरपालिकाका विभिन्न ७ वटा वडा भएका छन् ।

महानगरपालिकाका स्वास्थ्य महाशाखाका सम्पर्क व्यक्ति ज्ञानबहादुर ओलीले सबैभन्दा धेरै वडा नं ३२ कोटेश्वर प्रभावित भएको जानकारी दिए । कोटेश्वरमा संक्रमितको संख्या २ सय नाघेको छ ।

त्यस्तै वडा नं १६ बालाजुमा पनि संक्रमितको संख्या दुई सयभन्दा धेरै छ । वडा नं २७ महाबौद्ध र वडा नं ३ महाराजगञ्जमा झण्डै १ सय ८५, वडा नं १४ कलंकी र वडा नं १३ कालीमाटीमा झण्डै १ सय ३५ सङ्क्रमित पुष्टि भएका छन् ।

काठमाडौं महानगरको वडा नं २८ मा पर्ने बागबजारमा १०३ सङ्क्रमित रहेका ओलीले जानकारी दिए ।