आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

फुटबलर नेइमारलाई कोराना भाइरसको संक्रमण

गोकर्णेश्वर खबर१८ भाद्र २०७७, बिहीबार ०६:०५ मा प्रकाशित (३ साल अघि) २५३ पाठक संख्या

एजेन्सी । २८ वर्षीय ब्राजिलियन फुटबलर स्टार नेइमारलाई कोरोना भाइरसको संक्रमण भएको छ । नेइमारको क्लब पेरिस सेन्ट जर्मेनले बुधवार क्लबका तीन खेलाडीहरुको रिपोर्ट पोजिटिभ आएको जनाएको हो । तर, नेइमारको नाम भने खुलासा गरेको छैन । यद्दपि स्थानीय मिडियाले भने नेइमार संक्रमित भएको बताएका छन् ।

नेइमारसँग उनका अर्जेन्टिनी साथीहरू पनि संक्रमित भएकाे जनाइएकाे छ । नेइमार पछिल्लो पटक युइएफए च्याम्पियन्स लीगमा खेल्दै गरेका पाइएको थियो । उनी संसारका सबैभन्दा महंगा खेलाडी पनि हुन् ।

संसारमा कोरोना भाइरसको संक्रमितको संख्या २ करोड ५८ लाख ८९ हजार ८२४ पुगेको छ । यसमा १ करोड ८१ लख ७२ हजार ६७१ बिरामी निको भएर घर गएका छन् । त्यसैगरी ८ लाख ६० हजार २७० जनाको मृत्यु भएको छ । अहिले पनि ६८ लाख ५६ हजार ८८३ बिरामी यो भाइरसको संक्रमणमा छन् ।