आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

पेट्रोलको मूल्य बढ्यो, कति पुग्यो ? (हेर्नुहाेस् प्रेस विज्ञप्ति)

गोकर्णेश्वर खबर१७ भाद्र २०७७, बुधबार ०७:०८ मा प्रकाशित (३ साल अघि) ३०२ पाठक संख्या

काठमाडौं । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुनेगरि पेट्रोलको मूल्य बढाएको छ । निगमले लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ ।

निगमले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै अन्य पेट्रोलियम पदार्थ, ग्यास, डिजेल लगायतको मूल्य भने यथावत राखेको जनाएकाे छ । निगमले निषेधाज्ञा भारतबाट मूल्य बढेर आएपछि नेपालमा पनि मूल्य बढाउने निर्णय भएको छ ।

जारी विज्ञप्तिमा भनिएकाे छ, ‘हाल मूल्य समायाेजन भए पश्चात पनि भारतीय सीमा रक्साैलसँग जाेडिएकाे नेपालकाे वीरगंज क्षेत्रमा पेट्राेल प्रति लिटर रू. ३२।२६ र डिजेल प्रति लिटर ३६।७५ ले नेपाल तर्फ सस्ताे रहेकाे सम्बन्धित सबैमा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ ।’