आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

कोरोनाबाट महोत्तरीकी  ४ वर्षीया बालिकाको मृत्यु

गोकर्णेश्वर खबर१५ भाद्र २०७७, सोमबार १७:४४ मा प्रकाशित (३ साल अघि) २४० पाठक संख्या

जनकपुरधाम – महोत्तरीको मनरा सिस्वा नगरपालिकाकी ४ वर्षीया बालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

उच्च ज्वरो र सास फेर्न समस्या भएपछि बालिकालाई तीन साताअघि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो ।
गत २३ साउनमा उपचारकै क्रममा उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनलाई आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा भदौ १४ गते आइतबार दिउँसो मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।