आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नचल्ने

गोकर्णेश्वर खबर१५ भाद्र २०७७, सोमबार ०६:३५ मा प्रकाशित (३ साल अघि) २२९ पाठक संख्या

काठमाडौं, १५ भाद्र। सरकारले आन्तरिक उडान तथा लामोदुरीका यातयात भदौ मसान्तसम्म स्थगित गर्ने निर्णय गरेको छ । यसअघि भदौ १५ गतेदेखि हवाई उडान खोल्ने तयारी सरकारले गरेको थियो । कोरोना संक्रमण झन बढ्दै गएपछि मसान्तसम्म उडान स्थगित गर्ने निर्णय लिनुपरेको सरकारका एक मन्त्रीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

आइतबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रि परिषद बैठकले सो निर्णय गरेको हो । अन्तर्राष्ट्रिय उडान भने शर्तसहित कायमै राख्ने सरकारले भनेको छ । कुनै हवाई कम्पनीले कोभिड १९ संक्रमणका लागि पीसीआर टेष्ट, होटल क्वारेन्टाइन सहितको खर्च व्यवस्थापनको जिम्मा लिएमा बाहिरबाट यात्रु ल्याउन सकिने बाटो सरकारले खुला राखेको छ ।

त्यस्तै, मन्त्रि परिषद बैठकले हङकङका लागि उदय राना र ल्हासाका लागि नवराज ढकाललाई महावाणिज्य दूत नियुक्त गर्ने निर्णय पनि गरेको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।