आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गोकर्णेश्वर ६ स्थित जोरपाटी नारायणटारमा रक्तदानको साथै क्यान्सर पीडितलाई आर्थिक सहयोग

गोकर्णेश्वर खबर१२ भाद्र २०७७, शुक्रबार २३:२४ मा प्रकाशित (३ साल अघि) १०६३ पाठक संख्या

काठमाडौं भाद्र १२। देशभर रगतको अभावलाई मध्य नजर गरेर राष्ट्रिय फूटबल खेलाडी सागर लामा ,युवा व्यावसायि प्रबिन घिमिरेको पहलमा श्री चामुण्डा माध्यमिक विद्यालय,जोरपाटी नारायणटारका पूर्व विद्यार्थीहरुको संस्था “स्वतन्त्र युवा समुह”ले आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

 

शुक्रबार  रक्त संचार केन्द्रको प्राबिधिक सहयोगमा आकस्मिक रक्तदान कार्यक्रम गोकर्णेश्वरको जोरपाटी स्थित श्री चामुण्डा माध्यमिक विद्यालय प्राङ्गणमा सम्पन्न भएको हो, जसमा  ४० जनाले रक्तदान गरेको छ ।

कार्यक्रम गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एवम् गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का अध्यक्ष  मनोज कुमार ढुंगाना , वडा नं ६ का अध्यक्ष रमेश अर्याल, वडा सदस्य नवराज लामा, वडा नं  ५ का अध्यक्ष नारायण सुवेदी, कुमार राज सुवेदी, कृष्ण हरी भाण्डरी , प्रदिप लामा,दिपक लामा,  कुमार लामा, शिखर सुवेदी, रान्जित लामा, कृष्ण प्रसाद नेपाल, कर्ण बहादुर लामा, राम बाबु कोइराला,राष्ट्रिय फूटबल खेलाडी दिनेश राजवंशी, सुमन लामा उपस्थिति रहेको थियो ।

 

साथै उक्त कार्यक्रममा फोक्सोको क्यान्सरबाट पीडित गोकर्णेश्वर नगरपालिका सुन्दरीजल , ओखरीका हरी कृष्ण खत्रीको जीवन रक्षाका लागि आर्थिक सहयोग भएको छ ।

खत्रीको जीवन रक्षाका लागि सहयोगी दाताहरू समाजसेवी दिपक लामा, प्रदिप लामा, रान्जित लामा, कृष्ण प्रसाद नेपाल, कर्ण बहादुर लामा, सगर लामा,कुमार लामाले संकलित नगद सहयोग गोकर्णेश्वरको जोरपाटी स्थित श्री चामुण्डा माध्यमिक विद्यालय प्राङ्गणमा हस्तान्तरण गरेका हुन् ।