आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

कोरोनाले भन्दा सरकारी लापरवाहीले दुःख दियो

गोकर्णेश्वर खबर८ भाद्र २०७७, सोमबार ०८:३५ मा प्रकाशित (३ साल अघि) ४७७ पाठक संख्या

काठमाडौं । कोरोना संक्रमण भए नभएको थाहा पाउन पिसिआर परीक्षण गरिन्छ । सामान्यतया परीक्षणको रिपोर्ट २४ घण्टामा आउँछ । तर नेपालमा सर्वसाधारणका लागि त्यस्तो सुविधा छैन । यो त केवल दन्त्यकथा जस्तै बनेको छ । प्रभेस आचार्यले पाएको दुख र तनावले यही सावित गर्छ ।

हालै सामाजिक सञ्जाल फेसबुकमा उनले आफ्नो ब्यथा पोखेका छन । कोरोना संक्रमित आचार्यले स्वाब दिएको १२ दिनमा बल्ल तल्ल रिपोर्ट पाए । कोरोनासंग लड्नु र रिपोर्ट आउन ढिलाई हु्ँदाको तनावले आचार्यलाई विरक्त बनायो ।

सामाजिक सञ्जालमा लेखेपछि मात्रै रिपोर्ट दिन मन्त्रालयले तदारुकता देखाएको उनले बताएका छन । यसले नेपालको स्वास्थ्य ब्यवस्थापन र जनताले पाउने सेवाको अवस्था बारे छर्लंग हुन्छ ।

अन्ततः मैले मेरो कोभिड पोजेटिभ भएको रिपोर्ट स्वाब दिएको आज १२ दिन पछि प्राप्त गरेँ । कोभीडसंग लड्नु र आफ्नो रिपोर्ट पाउनका लागि लड्नु करिव, करिव एउटै रह्यो ।

मैले फेसवुकमा आफ्नो कुरा राखे पछि, सायद धेरै तिरबाट गुनासो पुगेर होला हिजो मन्त्रालयबाट फोन गरेर जसरी पनि आज रिपोर्ट दिने प्रतिबद्धता जनाउनु भयो । आज स्वास्थ्य मन्त्रीको प्रमुख स्वास्थ सल्लाहकार डा. खेम वहादुर कार्किले सम्पर्क गरेर रिपोर्ट लिनको लागि आग्रह गर्नु भयो ।

यहाँ मेरो मात्रै कुरा होइन। मलाई जस्तै डा. कार्कीले सबैलाई फोन गरेर लिखित रिपोर्ट उपलब्ध गराउन सम्भव छैन । सबैको पिडा कान्तिपुरको पहिलो पृष्ठमा समाचार आउन सम्भव छैन । सबैलाई मिडियाले आफ्नो रिपोर्ट बनाउन सम्भव छैन । सबैका शुभचिन्तकले मन्त्रालयमा फोन गरेर प्रेसर गर्न सम्भव छैन।

कम्तिमा २४ घन्टा भित्र टेलिफोन र ४८ घण्टा भित्र लिखित रिपोर्ट उपलब्ध गराउने व्यवस्था हुनु पर्छ । लिखित रिपोर्ट हामी सबैको अधिकार पनि हो ।

केही दिन अगाडि हाम्रो परिवारमा एक जनालाई फोन गरेर पहिले नेगेटिभ रिपोर्ट छ भनेर जानकारी गराईयो । पछि रिपोर्ट आउँदा पोजेटिभ भनेर आयो । त्यो बेलाको मानसिक स्थिती कस्ले बुझ्न सक्ने ?

अझ लक्डाउन भएको बेलामा कसैलाई रिपोर्ट खोज्दै जान पनि सजिलो छैन । रिपोर्ट ईमेलबाट लिन चाहानेहरुलाई इमेल र सम्भव नभएकोलाई सहज तरिकाले अन्य पद्धतिबाट उपलब्ध गराउनु पर्छ । धेरैले कोरोना बीमा गरेका छन । यसै त कोरोनाको कहरले थिल्थिकिएको बेला अझ धेरै पीडा नथोपरौँ ।

यो प्रक्रियामा सहयोग गर्ने सबैलाई धन्यवाद १

कोरोनाको कहर र सरकारी अब्यवस्था र लापरवाहीका कारण निकै हण्डर खाएका प्रभेश आचार्यले आफ्नो फेसबुक सन्देशको अन्त्यमा सबैलाई धन्यबाद पनि भनेका छन ।

अन्ततः मैले मेरो कोभिड पोजेटिभ भएको रिपोर्ट स्वाब दिएको आज १२ दिन पछि प्राप्त गरेँ । कोभीडसङ्ग लड्नु र आफ्नो रिपोर्टको…

Posted by Pravesh Acharya on Thursday, August 20, 2020

त्यसैगरी कोरोना संक्रमण भए नभएको यकिन पनि कसरी गर्ने भन्ने प्रश्न पनि उब्जाएको छ संघीय समाजबादी बीरगञ्जका युवा नेता बद्रीनाथ झाको फेसबुक स्टाटसले । एउटै ब्यक्तिको पटक पटक पिसिआर परीक्षण गर्दा कहिले पोजेटिभ त कहिले नेगेटिभ रिपोर्ट आएको सन्दर्भ झाको फेसबुक स्टाटसमा उल्लेख छ ।

एक वीरगंजेली युवाले साउन १२ गते पिसिआर परिक्षण गराउँछन् । रिपोर्ट नेगेटिभ आउँछ । साउन २६ गते विरामी महसुस गरि फेरि चेक…

Posted by Badri nath Jha on Thursday, August 13, 2020