आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

कोरोनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

गोकर्णेश्वर खबर७ भाद्र २०७७, आईतवार ११:३५ मा प्रकाशित (३ साल अघि) २२८ पाठक संख्या

वीरगञ्ज – वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–११ बस्ने ५६ वर्षीया महिलाको मृत्यु भएको हो ।

नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा शनिबार बेलुकी साढे ७ बजे उनको निधन भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

गत साउन २२ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा साउन २४ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो । थाइराइडको विरामी उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो । स्वास्थ्य स्थिति गम्भिर भएपछि उनलाई साउन २४ गतेदेखि नै आईसीयूमा राखेर उपचार भइरहेको थियो । पछिल्लो १२ घण्टा भेन्टिलेटरमा राखिए पनि उनलाई बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

मृत्यु भएकामध्ये २८ जना पर्साका, ५ जना बाराका र २ जना रौतहटका छन् । जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएको बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।