आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

द सुपर क्युट ‘बच्चा’ फोटो प्रतियोगिता हुदैं,बिजेताले पाउनेछन् २० हजार नगदसहितको पुरस्कार

गोकर्णेश्वर खबर६ भाद्र २०७७, शनिबार १९:३८ मा प्रकाशित (३ साल अघि) ६७६ पाठक संख्या

काठमाडौं – द सुपर क्युट बच्चा फोटो प्रतियोगिता २०२० सुरु हुने भएको छ । द सुपर मम् नेपाल र केट्स इन्टरटेन्मेन्टको आयोजनामा अशोज १ गतेबाट सो प्रतियोगिता हुन लागेको हो ।

नायिका एव्म कार्यक्रम संयोजक पूजना प्रधानले प्रतियोगितामा सहभागी हुन रजिष्टेशन आजबाट खुला भएको जानकारी दिइन । उनका अनुसार फोटो प्रतियोगिताका लागी अशोज १ गतेसम्म प्रतियोगिहरुको फोटो ठेगानासहित कार्यक्रमको मापदण्ड अनुसार कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ ।

प्रतियोगितामा भाग लिन २ महिनादेखी १२ बर्षसम्मको बच्चा सहभागी हुन पाउने छन् ।

कार्यक्रम संयोजक प्रधानका अनुसार प्रतियोगितामा सहभागी हुन प्रतियोगिहरुले अशोक १ गतेसम्म बच्चाहरुको फोटो द सुपर मम्को फेशबुक पेजमा उपलब्ध गराइसक्नु पर्नेछ । यो प्रतियोगिता अशोज १६ सम्म चल्ने छ भने अशोज १७ गते विजेता घोषणा गरिने छ । प्रथम बिजेताले नगद २० नगद,गिफ्ट ह्याम्पर र प्रमाणपत्र, दोस्रोले १५ हजार नगद,गिफ्ट ह्याम्पर र प्रमाणपत्र र तेस्रो बिजेताले १० हजार नगद,गिफ्ट ह्याम्पर र प्रमाणपत्र, पाउने छन् ।

प्रतियोगिताको बजेता बन्न लाइक कमेन्ट र शेयरलाई काउन्ट गरिने छ भने एक व्यत्तिले एक मात्र लाइक गर्न पाउने छन् । प्रतियोगितामा भाग लिन १ हजार शुल्क लाग्ने छ भने शुल्क तिर्न एनआइसी एसीया बैंकको ५४४१०००७०१९५२४०४ नम्बर खाता मा जम्मा गर्नु  पर्नेछ ।

द सुपर मम् नेपाल र केट्स इन्टरटेन्मेन्टले यसअघि तीज सुपर मम् फोटो प्रतियोगिता २०७७’ सम्पन्न गरेको थियो ।

प्रतियोगितामा सुस्मिता धिताल पुढासैनी प्रथम, सुजाता खड्का बस्नेत दोस्रो र पुनम अग्रवाल तेस्रो हुन सफल भएका छन् । प्रथम हुने बिजेता सुस्मिता धिताल पुढासैनीले १५ हजार नगद, गिफ्ट ह्याम्पर र प्रमाण पत्र, दोस्रो हुने बिजेता सुजाता खड्काले ७ हजार नगद गिफ्ट, ह्याम्पर र प्रमाण पत्र र तेस्रो हुने बिजेता पुनम अग्रवालले ५ हजार नगद, गिफ्ट ह्याम्पर र प्रमाण पत्र प्राप्त गरे।

प्रथम स्थान हासिल गर्ने पुढासैनीले ४ हजार लाइक,२ हजार ५ सय कमेन्ट र ७ हजार ३ सय शेयर प्राप्त गरेकी थिइन । त्यस्तै दोस्रो हुने बस्नेतले पुढासैनीले भन्दा १ सय कम लाइक प्राप्त गरेकी थिइन भने तेस्रो स्थान हासिल गर्ने अग्रवालले १५ सय लाइक पाउन सफल भएकी थिइन । प्रतियोगिताको नियमानुसार लाइक एक व्यक्तीले एक पटक मात्र गर्न पाउने व्यवस्था रहेको थियो । गत साउन ५ बाट सुरु भएको प्रतियोगिता भाद्र २ सम्म रहेको थियो ।

लकडाउन र कोरोनाको महामारीमा पनि आमाहरुलाई घरमै बसी बसी मनोरञ्जन दिने उद्देश्यले तीज सुपर मम् फोटो प्रतियोगिता गरिएको थियो भने अहिले पनि देश कोरोनाको कहरमा रहेकोले घरमै बसेर लकडाउनको समयमा व्यस्त बनाउने उदेश्यले द सुपर क्युट बच्चा प्रतियोगिता आयोजना गरिएको नायिका प्रधानले जानकारी दिइन ।

कोरोना महामारीको यो बिषम परिस्थितीमा पनि घरमै बसेर सहभागि हुन मिल्ने कार्यक्रमले यसअघि आमाहरुलाई निकै हौसला मिलेको पूजनाको भनाइ छ ।

यस अघी पूजनाले लकडाउनकै बेलामा ‘द सुपर मम् फोटो प्रतियोगिता २०७७’ को आयोजना गरी सफलता पुर्वक सम्पन्न गरेकी थिइन । कार्यक्रमलाई तामा पित्तल हापुले मुख्य प्रायोजन र भिजन फर नेपाल न्युयोर्कले सहप्रायोजन गरेका थिए । त्यस्तै कार्यक्रमको सहयोगीमा इशु हेयर एण्ड व्युटी शैलुन,मुस्कान हेयर एण्ड व्युटी शैलुन र मल्टी भिटामिन रहेका थिए । यस्ता छन् सहभागी हुन लाग्ने मापदण्ड तथा नियमहरु

यो प्रतियोगिता असोज १ गतेबाट सुरु भई असोज १६ गते साँझ ७ बजे सम्म हुनेछ र विजेता घोषणा असोज १७ गते facebook Live मार्फ़त गरिनेछ। भाग लीनको लागी हामीलाई आजै बाट आफ्नो बच्चाको फोटो र डिटेल्स फठाउन सक्नुहुनेछ।

“पुरस्कारहर”

पहिलो बिजेतालाई रु.20000( विस हजार) नगत पुरस्कार, Certificate र Gift Hamper दीइने छ।

दोस्रो बिजेतालाई रु.15000( पन्द्र हजार) नगत पुरस्कार, Certificate र Gift Hamper दीइने छ।

तेस्रो बिजेतालाई रु.10000 (दश हजार) नगत पुरस्कार, Certificate र Gift Hamper दीइने छ।

यसमा भाग लिने नियमह यस प्रकार छ:

1.) २ महिनाको बच्चा देखि १२ बर्ष सम्मका बच्चाहरु सहभागी हुन पाइन्छ ।

2).सहभागि हुनको लागी page को Member हुनुपर्ने। (member हुनको लागि page अनिवार्य Like गर्नुपर्नेछ )

3.)फोटो सफा, Single, हुनुपर्नेछ।

4.) सहभागीताको लागि फोटो ( नाम,थर,उमेर र ठेगाना सहित) page को massage मा पठाउनु पर्नेछ।

5.) हामीले तपाईको बच्चाको फोटोमा नाम,उमेर, र सहभागीता नं. दिएर पोष्ट गरेपछी तपाईले त्यो फोटोमा Mention र Share जति पनि गर्न सक्नु हुनेछ। तपाईले मेन्शन गरेको र सेयर गरेको व्यतिहरुले पनि हाम्रो पेजलाई अनिवार्य लाईक गरेको हुनुपर्नेछ।

6.) सेयर गर्दा अरुको टाइमलाइनको नभई
The Super Mom Nepal कै Page बाट तपाईको पोष्टलाई सेयर गर्नुपर्नेछ।

7.) हाम्रो पेजमा तपाईको बच्चाको फोटोमा आएको Like र Page Like को आधारमा हामीले विजेता घोषित गर्नेछौ ।
Fake Account बाट आएको Like गणना हुनेछैन ।

8.)यदी कुनै प्राविधिक समस्या आईपरेमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ।

10.)प्रतियोगीतीमा भागलिन रु. १०००( एक हजार मात्र) लाग्नेछ।

11.)सहभागीता रकम रु.१०००। (नगत रु एकहजार मात्र) जम्मा गरेको रसीद पनि पठाउनुहोला
नगत जम्मा गर्ने केट्स ईन्टरटेण्डमेन्ट प्रा.लि. को बैंक खातामा।

NIC ASIA BANK
Account Holder Name:
Kates Entertainment Pvt.Ltd.
Account No: 5441000701952404
Branch: Thapathali, Kathmandu,Nepal.