आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

दोलखा जिल्लाभर आजदेखि लकडाउन

गोकर्णेश्वर खबर३१ श्रावण २०७७, शनिबार ०७:२३ मा प्रकाशित (३ साल अघि) २३४ पाठक संख्या

दाेलखा । दोलखामा आजदेखि लकडाउन गरिएको छ।

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि दोलखामा आगामी भदौ ६ गतेसम्मका लागि लकडाउन घोषणा गरिएको हो।

शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले दोलखामा लकडाउन गर्ने निर्णय गरेको हो।

जिल्लाका केही स्थानीय तहमा समेत कोरोना संक्रमण देखिएको र जिल्लामा संक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउन भन्दै जिल्लाभर लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए।

आज बिहान ६ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र जिल्लाभर सवारी साधन सञ्चालन गर्न पूर्ण रुपमा रोक लगाइएको उनको भनाइ छ।