आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

काठमाडौं उपत्यकामा आज रातिदेखि १५ भदौसम्म निषेध हुनेछन् यी गतिविधि

गोकर्णेश्वर खबर३० श्रावण २०७७, शुक्रबार २०:५५ मा प्रकाशित (३ साल अघि) ९४९ पाठक संख्या

काठमाडौँ । काठमाडौं उपत्यकामा खुल्ला स्थानमा मानिस भेला/जम्मा हुन, भीडभाड गर्न, सभा/जुलुस गर्न, जात्रा महोत्सव सञ्चालन, दैनिक नित्यपूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि, स्वास्थ्य मापदण्डविपरितका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्य सम्बन्धी जमघट लगायतलाई निषेध गरिएको छ ।

आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय लिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी गरिएको आदेशमा शुक्रबार रातिदेखि लागु हुनेगरि भदौ १५ गतेसम्मका लागि खुल्ला स्थानमा मानिस भेला हुन, भीडभाड गर्न, सभा/जुलुस गर्न, जात्रा महोत्सव सञ्चालनलगायतलाई निषेध गरिएको छ ।

त्यस्तै सबै प्रकारका सभा/गोष्ठी, तालिम, सेमिनार, हल/पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्युटीपार्लर, स्पा, स्वीमिङपुल, जीमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय सञ्चालनमा पनि रोक लगाइएको छ ।

संयुक्त सुरक्षा बैठकले संग्रहालय, चिडियाखाना, फुटपाथ/खुल्ला ठाउँ र ठेलागाडा तथा साइकलबाट सञ्चालित व्यापार/व्यवसाय, कवाडी संकलन, स्वास्थ्य मापदण्ड विपरित श्रमिक/कामदार ओसारपसार तथा टेकवेबाहेक होटल/रेस्टुरामा पनि जमघट गर्न प्रतिबन्ध लगाएको छ ।

यस अघि उपत्यकाका तीनवटै प्रशासनले साउन २५ गतेदेखि भदौ ८ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा स्थगन गरिसकेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी गरिएको आदेश :