आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

कोरोना संक्रमित बढेपछि विराटनगरमा थपियो भदौ ५ सम्म लकडाउन

गोकर्णेश्वर खबर२९ श्रावण २०७७, बिहीबार २१:२९ मा प्रकाशित (३ साल अघि) ५०३ पाठक संख्या

विराटनगर – कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि विराटनगर महानगरपालिकामा लकडाउनको समय थप गरेको छ ।

यसअघि शुक्रबार (भोलि)सम्मका लागि तोकिएको लकडाउन अब भदौ ५ गतेसम्मका लागि थपिएको मेयर भीम पराजुलीले जानकारी दिए ।

कोरोना भाइरसको सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि नगर र जिल्ला स्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिले लकडाउन थप गर्ने निर्णय गरेको मेयर पराजुलीले बताए ।

कोरोना संक्रमित बढेपछि महानगरमा साउन १६ गतेबाट लकडाउन लागू गरिएको हो । लकडाउन अघि विराटनगर महानगरपालिकामा १०८ कोरोना संक्रमित थिए ।

लकडाउन यता थप ३०६ गरी विराटनगरमा संक्रमितको संख्या ४१५ पुगेको छ ।

संक्रतिम मध्ये ४९ जना होम आइसोलेशनमा छन् । ५० जना विराटनगर महानगरपालिकाले निर्माण गरेको होल्डिङ आइसोलेसनमा छन् ।