आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

सार्वजनिक यातायात र अत्यावश्यकबाहेकका सेवा रोक्न उपत्यका नगर फोरमको माग

गोकर्णेश्वर खबर२६ श्रावण २०७७, सोमबार १८:११ मा प्रकाशित (३ साल अघि) ३०३ पाठक संख्या

काठमाडौं – उपत्यकाका स्थानीय तहहरुले भदौ १५ सम्म सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउन सरकारसँग माग गरेको छ ।

उपत्यका नगरपालिका फोरमले कोरोना संक्रमण बढेको भन्दै सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउन र अरुमा जोविजोर प्रणाली लागू गर्न माग गरेको हो । तीन हप्तासम्म अत्यावश्यक बाहेकका सेवा प्रवाह बन्द गर्न पनि माग गरेका छन् ।

नगरपालिकाहरुले अत्यावश्यक बाहेकका दिने सेवा भने अब तीन हप्ताका लागि बन्द भएको छ ।

स्थानीय सरकारहरुले राजधानी प्रवेश नाकामा कडा गर्नुपर्न समेत सरकारलाई आग्रह गरेका छन् । अबैध रुपमा मानिसहरु प्रवेश गर्ने र गराउने कार्य रोक्नुपर्नेमा समेत उपत्यका नगरपालिका फोरमले जोड दिएको छ ।