आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

कोरोना संक्रमणको जोखिम बढ्नुमा आमसर्वसाधारणको हेलचेक्र्याइँ

गोकर्णेश्वर खबर१९ श्रावण २०७७, सोमबार ०७:०० मा प्रकाशित (३ साल अघि) ३८३ पाठक संख्या

काठमाडौं । मुलुकभर कोरोना जोखिम बढ्नुमा आमसर्वसाधारणको हेलचेक्र्याइँलाई नै प्रमुख कारक मानिएको छ । लकडाउन अन्त्य भएसँगै देखिएको भीडभाड र सचेतनाका सामान्यभन्दा सामान्य उपाय पनि नअपनाउँदा जोखिम बढ्दो क्रममा रहेको जनस्वास्थ्यविद्हरू बताउँछन् ।

सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरे पनि कार्यान्वयनमा आउन सकेको छैन । दैनिक सभा, बैठकसमेत हुने गरेका छन् । होटेल, किराना पसल, सुपरमार्केट, वित्तीय संस्था, बैंकलगायतमा भीड लाग्न थालेको छ ।

यस्तै, सार्वजनिक सवारी साधनमा पनि भौतिक दूरी कायम गराउन निकै कठिनाइ देखिएको छ । सार्वजनिक सवारी साधनमा यात्रा गर्नेहरूको संख्या अभिलेख नगरिँदा कन्ट्याक्ट ट्रेसिङ गर्न अप्ठेरो हुने देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तीमा पनि दुई मिटर भौतिक दुरी कायम गर्न भने पनि व्यवहारतः त्यसो हुन सकेको छैन । स्वास्थ्य अधिकारीहरू आत्मानुशासनबाट कोरोनालाई परास्त गर्न सकिने बताउँछन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।