आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

आज १०६ जना कोरोनामुक्त, निको हुनेको संख्या १३ हजार ५३ पुग्यो

गोकर्णेश्वर खबर१० श्रावण २०७७, शनिबार १७:५३ मा प्रकाशित (३ साल अघि) १९९ पाठक संख्या

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १३ हजार ५३ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल १८ हजार ४८३ जना संक्रमित भएका छन्

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।