आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर६ श्रावण २०७७, मंगलवार १७:१३ मा प्रकाशित (३ साल अघि) २४२ पाठक संख्या

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा थप ९ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा काठमाडौँका ८ र स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा ललितपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा नेपालमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ ।

२७ वटा प्रयोगशालामा ३९६३ जनाको पीसीआर परीक्षण गरिएकोमा १५० जनामा कोरोना पोजेटिभ देखिएको हो । हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ४७७ रहेको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६०९ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्। योसँगै नेपालमा उपचारपछि कोरोनालाई जितेर घर फर्कनेको संख्या १२ हजार ४७७ पुगेको छ।