आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

लकडाउन खुलेको छैन : स्वास्थ्य मन्त्रालय

गोकर्णेश्वर खबर३ श्रावण २०७७, शनिबार १७:१५ मा प्रकाशित (३ साल अघि) ४११ पाठक संख्या

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउन नखुलेको भन्दै कोरोनाबाट बच्न सावधानी अपनाउन आग्रह गरेको छ ।

जनजीवन सामान्य बनाउन लकडाउन केही खुकुलो पारिएको भन्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले खुकुलो पारिएको लकडाउनुलाई लकडाउन नै नभएको जस्तो नगर्न अपिल गरेका छन् ।

शनिवार आयोजित पत्रकार सम्म्मेलनमा उनले भने, ‘लकडाउन खुलेको छैन, कोरोना संक्रमणबाट जोगिन पर्याप्त सतर्कता अहिले पनि उत्तिकै आवश्यकता छ ।’

केही खुकुलो भएको लकडाउनलाई लकडाउन नभएको जस्तै गरी भोज भतेर गर्ने, पूरा रेष्टुरेन्टमा जमघट गर्ने, बैंकहरु सामान्य रुपमा सञ्चालन हुने कामले जटिल स्थिति आउनसक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ ।

प्रवक्ता गौतमले व्यक्तिगत सरसफाई, सेनेटाइजर प्रयोग, मास्क लगाउन नछाड्न समेत अपिल गरेका छन् । लकडाउनलाई व्यवस्थित मात्र गरिएको भन्दै उनले सतर्कता नअपनाउने हो भने कोरोना संक्रमण बढ्नसक्ने बताए ।

कोरोना संक्रमण दिनानुदिन बढिरहेका बेला मन्त्रालयले कोरोना संक्रमणबाट जोगिनका लागि सबैको प्रयास उत्तिकै जिम्मेवार रहने भन्दै सतर्कता अपनाउन आव्हान गरेका छन् । लकडाउनको नियमलाई मानिदिन समेत सबैमा अपिल गरेका छन् ।