आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

पल र स्वस्तिमाको ‘माया तिमी कता छौ २’ रिलिज (भिडियो)

गोकर्णेश्वर खबर२ श्रावण २०७७, शुक्रबार १४:४३ मा प्रकाशित (३ साल अघि) २४१ पाठक संख्या

काठमाडौं – मोडल तथा कलाकार पल शाह र स्वस्तिमा खड्कालाई फिचरिङ गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

‘मायालु तिमी २’ बोलको यो गीत युट्युबमार्फत बिहीवार सार्वजनिक गरिएको हो ।

स्मिता दाहाल र राजनराज शिवाकोटीको अभिनय रहेको यो गीतमा संगीत राजनराज शिवाकोटीको रहेको छ । यस्तै गीतका शब्द दिनेश थपलियाले कोरेका हुन् ।

म्युजिक भिडियोमा पल शाह र स्वस्तिमा खड्कासहित एञ्जल राई र अर्विन खड्काको समेत अभिनय देख्न सकिन्छ ।

भिडियोको निर्देशन सरोज ओलीले गरेका हुन् भने विक्रम स्वाँरले कोरियोग्राफी गरेका हुन् । यस्तै भिडियोमा अर्जुन जिसीको सम्पादन तथा नवराज उप्रेतीको छायांकन देख्न सकिन्छ ।