आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

शंकर बिसी र रितु तामाङको अभिनयमा तिज गित“ बारुली कम्मर” सार्वजनिक

गोकर्णेश्वर खबर१ श्रावण २०७७, बिहीबार ०८:४४ मा प्रकाशित (३ साल अघि) ३३१ पाठक संख्या

काठमाडौं- आउदै गरेको हरितालिका तिजको शुभकामना सहित “ बारुली कम्मर”बोलको उक्त गितको म्युजिक भिडियो Gandaki Online Official युट्युब मार्फत सार्वजनिक भएको हो । नेपालि सांगीतिक बजारमा फरक धारका गीतहरू गाउने प्रचलन अहिले बढ्दै गएको छ । यसै सन्दर्भमा धुर्व शर्माको  शब्द संगीतमा धुर्व शर्मा र सम्झना भण्डारीको  स्वरमा“बारुली कम्मर”तिज गित बजारमा ल्याएका छन् । म्युजिक भिडियोमा श्रीमान श्रीमातिको कथा बस्तु जोडेका छन् ।

केशब बडुको संगीत संयोजनमा तयार भएको म्युजिक भिडियोमा रितु तामाङ्ग,शंकर बिसी,अस्मिता राना र प्रल्हाद को अभिनय रहेको छ भने भिडियोलाई निर्देशन शंकर बिसीले गरेका हुन । दुर्गा पौडेलले छायांकन गरेको म्युजिक भिडियोलाई सम्पादन नविन घर्ती मगरले गरेका हुन्। यो गीतले पुर्ण सफलता पाओस हाम्रो ‘शुभकामना”
हेर्नुहोस यो म्युजिक भिडियो :