आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

कांग्रेस नेता शाहीलाई कोरोना संक्रमण पुष्टि

गोकर्णेश्वर खबर३० असार २०७७, मंगलवार १९:२८ मा प्रकाशित (३ साल अघि) ३०२ पाठक संख्या

काठमाडौं – कर्णाली प्रदेशसभामा विपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर परीक्षणमा शाहीलाई संक्रमण देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
शाही प्रदेशसभामा अति सक्रिय रहेको र पत्रकारसँगको सम्पर्कमा रहने नेता हुन् । सक्रिय नेता शाहीलाई संक्रमण देखिएपछि प्रदेशसभामा तनावको अवस्था सिर्जना भएको छ ।

उनको सम्पर्कमा आएका प्रदेशसभा सदस्यहरु, पत्रकारहरु तथा परिवारका सदस्यको खोजी गरी स्वाब संकलनको तयारी भएको डा. तिवारीको भनाई छ ।

यस्तै संक्रमित थुनुवाको सम्पर्कमा आएका अर्का एक प्रहरीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्ला प्रहरी कार्यालय सुर्खेतका तीन प्रहरीमा संक्रमण देखिएको छ ।