आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

गोकर्णेश्वर र कागेश्वरीका कृषकले पाए पशु विकाश कार्यक्रम अन्तर्गतको अनुदान रकम

गोकर्णेश्वर खबर२८ असार २०७७, आईतवार ००:०७ मा प्रकाशित (३ साल अघि) १७१० पाठक संख्या

काठमाडौं – गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाका ९ कृषकले अनुदान रकम पाएका छन् । आव ०७६/०७७ को प्रदेश निर्वाचन क्षेत्र नम्बर-३ काठमाडौं अन्तर्गतका विभिन्न अनुदान कार्यक्रममा भाग लिई काम सम्पन्न गर्ने कृषकहरुलाई अनुदान रकम हस्तान्तरण गरिएको हो ।

भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र ललितपुरले गोकर्णेश्वर नगरपालिका-२ स्थित  नयाँ पाटीमा एक कार्यक्रम गरी रकम हस्तान्तरण गरेको हो । गोकर्णेश्वर नगरपालिका वडा-२ का वडाध्यक्ष कृष्ण बहादुर पण्डीतको अध्यक्षतामा भएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमख सन्तोष चालिसे प्रमुख अतिथि रहेका थिए भने अतिथीहरुमा गोनपा उपमेयर शान्ती नेपाल,कागेश्वरी मनोहरा उपमेयर विन्दु पूडासैनी,गोनपा वडा-३ अध्यक्ष राजेन्द्र भण्डारी, कागेश्वरी वडा-२ अध्यक्ष सुर्दशन धिमाल, पशु सेवा केन्द्रका केही कर्मचारी र कृषकहरुको उपस्थिती रहेको थियो। न

प्रदेश निर्वाचन क्षेत्र अन्तर्गतको पशु विकास कार्यक्रम अन्तर्गत काम सम्पन्न गर्ने विभिन्न ९ कृषकहरुलाई अनुदान रकम हस्तान्तरण गरिएको हो ।

सो कार्यक्रममा बोल्दै गोनपा प्रमुख सन्तोष चालिसेले सामाजिक विकास अन्तर्गतका यस्ता कार्यक्रम गर्दा स्थानिय सरकारसँग समन्वय गरेर कार्यक्रम गर्दा अझ प्रभावकारी हुने बताए । उनले वास्तबिक र बिपन्न कृषकहरुलाई अनुदान रकम दिएर कृषी तथा पशु विकास कार्यक्रमलाई बढावा दिन सकिने बताए ।

 

मेयर चालिसेले गोकर्णेश्वर नगरपालिकाले पनि कृषक तथा विदेशबाट फर्किएका युवाहरुलाई पशुपालन तथा कृषि क्षेत्रमा आवद्ध गराउँदै यस्ता कार्यक्रम अगाडी ल्याउन लागेको जानकारी दिए ।

कार्यक्रममा गोनपा उपमेयर शान्ती नेपालले प्रदेश र केन्द्र सरकारलेलै यस्ता कार्यक्रममा स्थानिय सरकारसँग समन्वय नगरी कार्यक्रम ल्याएको गुनासो गरीन । उनले सामाजिक विकास कार्यक्रम ल्याउँदा स्थानिय सरकारसँग समन्वय गर्न समेत आग्रह गरीन ।

उपमेयर नेपालले अनुदान पाउने कृषक तथा पशुपालकलाई बधाई तथा शुभकामना दिदैं जुन कामको लागी अनुदान पाएको हो सोही कामलाई अझ प्रभावकारी रुपमा अगाडी बढाउन आग्रह गरीन ।

त्यस्तै कागेश्वरी मनोहरा नगरपालिका उपमेयर विन्दु पूडासैनीले स्वदेशमै कृषि तथा पशुपालन जस्ता कार्यबाट पनि मनग्य आम्दानी गर्न सकिन बताइन । उनले कोरोनाले अझ स्वदेशमै केही गर्नुपर्छ भन्ने भाव युवा पुस्तालाई जगाएको भन्दै अब देशमै यस्ता कार्यक्रमलाई अगाडी बढाउन युवाहरुलाई आव्हान समेत गरीन । ‘हामी विदेशमा गोबर फाल्न देखी झारपात गोड्न हिचकिचाउँदैनौं तर देशमा त्यही काम गर्न अफ्ठ्यारो मान्छौं’ उनले भनिन् ‘अब विदेशमा श्रम बेच्ने पसिना बगाउने होइन,देशमै पसिना बगाउने हो । नेपाली माटोलाई उर्भर बनाउने हो ।’

उपमेयर पूडासैनीले अनुदान रुकम जुन उदेश्य र लक्षका लागी लिइएको छ सोही अनुरुप लगानी गर्नुपर्नेमा जोड दिइन । उनले कागेश्वर मनोहरा नरपालिकाले पनि कृषक तथा पशुपालकलाई विभिन्न कार्यक्रम मार्फत सम्बोधन गर्दै आएको बताईन । स्थानिय सरकारनै कृषकहरुको पीडा, रोदन सुन्ने पहिलो निकाय भएकोले आफुहरुले पनि जनताका गुनासा,गाली देखी ताली सबै खादै आएकोले जनताका पीर मर्काबाट स्थानिय सरकार टाढा नभाग्ने उपमेयर पूडासैनीको भनाई थियो ।