आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

काठमाडौं उपत्यकामा एकैदिन थप ५४ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर२२ असार २०७७, सोमबार १७:२१ मा प्रकाशित (३ साल अघि) ५५२ पाठक संख्या

काठमाडौं – काठमाडौं उपत्यकाका तीन जिल्लामा सोमबार ५४ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएका हुन् ।

पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।