आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

करिनालाई आफन्तले किन सैफ अलिसँग विवाह नगर भनेका थिए ?

गोकर्णेश्वर खबर१६ असार २०७७, मंगलवार १८:२५ मा प्रकाशित (३ साल अघि) ४४५ पाठक संख्या

एजेन्सी – बलिउडकी सफल अभिनेत्री मध्ये एक करिना कपूर र अभिनेता सैफ अली खान चर्चित र उत्कृष्ट जोडी मानिन्छन् । सैफ र करिनाको लव स्टोरी कुनै कथाभन्दा कम छैन । यो उदाहरणीय जोडीका लागि पनि सुरुवाती दिन चुनौतीपूर्ण रहे ।

प्रेममा रहेका दुबैलाई विवाह गरी सम्बन्ध अघि बढाउन निकै चुनौतीको सामना गर्नु परेको थियो । करिनाले गरेको खुलासा अनुसार उनलाई सैफ अलि खानसंग विवाह गर्नु पूर्व केहि मानिसले सचेत गराएका थिए ।

करिना कपूर र सैफ अली खानबीच प्रेम रहेको बेला करिनालाई आफन्तले नै यस सम्बन्धलाई अघि नबढाउन सल्लाह दिएका थिए । यस बारेमा उनले करण जौहरको च्याट शो कफी विद करणमा बताएकि थिइन् ।

करिनाले यस प्रसंगमा भनेकि थिइन्, म खुसि छु अब मानिसहरु आफ्नो प्रेम र सम्बन्धका बारेमा खुलेर कुरा गर्न थालेका छन् । तर जब मैले सैफसंग विवाह गर्न लागेको थिए त्यसबेला मलाई उ डिर्भोसी रहेको र उसको दुई सन्तान रहेको बारे बताए । उनीहरुले मेरो करियर सकिने भन्दै सोधेका थिए के तिमी साच्चै सेफसंग विवाह गर्छ्यौ ?

करिनाले सेफसंग विवाह हुनुपूर्वको स्थितिबारे जानकारी दिदै भनिन्, ‘मैले त्यसबेला भनेको थिए, मैले प्रेम गरेकी हुँ । कुनै अपराध होइन । यदि कालान्तरमा केहि भएमा त्यसबेला सौचौला । करिना र सैफको विवाह सन् २०१२ मा भएको थियो ।
यी दुइका एक छोरा पनि छन्, तैमुर । करिना र सैफको सम्बन्धमा यी दुईको उमेर पनि थियो ।