आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

लायन्स क्लब अफ काठमाडौं खास्ती र खास्ती नेवा पुचद्वारा असार १७ गते बृहत रक्तदान कार्यक्रम आयोजना गर्दै

गोकर्णेश्वर खबर१३ असार २०७७, शनिबार १९:१५ मा प्रकाशित (३ साल अघि) १०३९ पाठक संख्या

काठमाडौं  /   लायन्स क्लब अफ काठमाडौं खास्ती र खास्ती नेवा पुचको संयुक्त रुपमा  बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको कारण देश लकडाउन हुँदा अस्पतालहरुमा उपचारार्थ विमारीहरूको लागि रगत अभावका कारण समस्या उत्पन्न नहोस भनेर र लायन्स बर्ष 2020/2021 को पहिलो दिन जुलाई 1st (असार १७) गते लायन्सको नयाँ कार्यकालको सुभ पावन अबसरलाई लायन्स District ले सुभ समाजिक कार्यहरूको उत्सबको रूपमा मनाउन लगेको  आयोजकाले जानकारी दिएको हो।

लायन्स क्लब अफ काठमाडौं खास्ती र खास्ती नेवा पुचको  संयुक्त आयोजनामा जुलाई 1st (असार १७ ) गते बुधबार बिहान ९ बजे देखि दिनको २ बजे सम्म काठमाडौं  महानगरपालिका वडा  ६ बौद्ध  स्थित कुशल पार्टी प्यालेशमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराए  ।

उक्त रक्तदान कार्यक्रममा अग्रजज्यु हरु,लायन्स मित्रहरु,खास्ती नेवा पुचका सम्पुर्ण सदस्य ज्युहरु,साथिभाई , छर छिमेकि,इष्टमित्र लगायत सम्पुर्णमा रक्तदान गर्न इच्छुक महानुभाबहरुलाई आयोजक कमिटीले हार्दिक अनुरोध गरेका छन ।