आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

यो दिन रिलिज हुनेछ सुशान्त सिंह राजपुतको अन्तिम फिल्म

गोकर्णेश्वर खबर१३ असार २०७७, शनिबार ०७:३३ मा प्रकाशित (३ साल अघि) २१३ पाठक संख्या

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपुत अभिनित अन्तिम फिल्म ‘दिल बेचारा’ डिजिटल प्लाटफर्ममा रिलिज हुने भएको छ ।

सुशान्तको यो फिल्म २४ जुलाईमा डिज्नी प्लस हट स्टारमा रिलिज हुनेछ । यस फिल्ममा सुशान्तसँगै सन्जना सांघी र सैफ अलि खानको पनि अभिनय रहेको छ ।

फिल्मलाई मुकेश छावडाले निर्देशन गरेका छन् । फिल्मको डिजिटल प्रदर्शन हुने घोषणा गर्दै फिल्मको पोस्टर शेयर गरेर सन्जनाले सामाजिक सञ्जालमा जानकारी दिएकी हुन् ।

फिल्म अमेरिकी रोमान्टिक ड्रामा फिल्म ‘द फल्ट इन आवर स्टार्स’को रिमेक रहेको छ । फिल्मका मुख्य पात्र सुशान्त सिंह राजपुतले १६ जुनमा आफ्नै घरमा आत्महत्या गरेका थिए । उनी लामो समयदेखि डिप्रेशनमा रहेको बताइएको छ ।