आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

एभार्ग्रिन टेक्निकल इन्स्ट्युट द्वारा स्वगात तथा विधाई कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर१७ कार्तिक २०७४, शुक्रबार ०४:१० मा प्रकाशित (६ साल अघि) १२५२ पाठक संख्या

वीरगंज, कार्तिक १२ – वीरगंज स्थित एभरग्रीन टेक्निकल इन्स्ट्यूट अफ हेल्थ साइन्स कलेजले आज एक कार्यक्रम विच कलेजका पुर्व नर्सिङ्ग चिफको बिधाई तथा नयाँ नर्सिङ्ग चिफको स्वगात गरेको छ । कलेज परिसरमा आज इन्स्ट्यूटका उपाध्यक्ष शम्भु प्रसाद गुप्ताको प्रमुख अतिथ्यमा आयोजना भएको एक कार्यक्रममा नयाँ नर्सिङ्ग चिफ विद्या गुप्ताको स्वागत तथा पुर्व नर्सिङ्ग चिफ विन्दिया प्रधानको विधाई गरिएको छ ।

पुर्व नर्सिङ्ग चिफ प्रधानकाे योगदानलाई कदर गर्दै प्रमुख अतिथि शम्भु प्रसाद गुप्ताले टिका लगाई तथा खादा ओढाई वहाँको सम्मान गर्दै मायाँको चिन्ह प्रदान गरि बिधाई गरेका थिए भने नयाँ नर्सिङ्ग चिफ बिधया गुपतालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै वहाँको कार्यकाललाई सफल बनाउना सबैलाई सक्दो सहयोग गर्न अनुरोध गरेका थिए । गुप्ताले नयाँ नर्सिङ्ग चिफ गुपताकाे कार्यकाल सफल बनाउना संचालक समिती र कलेजको प्रशासनले गर्न हुन सक्ने सम्पूर्ण सहयोग गर्ने बताएका थिए ।

कलेजका प्रशासन प्रमुख शेर बहादुर कार्की द्वारा संचालित कार्यक्रममा कलेजका लेखा प्रमुख दिपक गुप्ता, सरिता लमटेल, विनिता गौरो, लगायातले नयाँ नर्सिङ्ग चिफ लाई स्वागत र पुर्व नर्सिङ्ग चिफलाई विधाई गर्दै मतब्य व्यक्त गरेका थिए। प्रमुख अतिथि गुप्ताको मतब्य सुनेर उपस्तिथ सम्पूर्ण भावुक बनेका थिए ।