आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

किसान आन्दोलन भन्दै जनमत पार्टीद्धारा राजमार्ग अवरूद्ध गरेर प्रदर्शन

गोकर्णेश्वर खबर२० माघ २०७८, बिहीबार १०:१९ मा प्रकाशित (२ साल अघि) ५२१ पाठक संख्या

जनकपुर । सिके राउत नेतृत्वको जनमत पार्टीले आज राजमार्ग बन्द गरेर प्रदर्शन गरेका छन्।

किसान आन्दोलन भन्दै उक्त पार्टीले राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन्।

मधेशमा पूर्वपश्चिम राजमार्ग अवरूद्ध गर्दै उनीहरूले आज बिहानैदेखि प्रदर्शन गरेका हुन्।

प्रदर्शनका कारण सिरहा, सप्तरी र धनुषालगायत जिल्लाका राजमार्ग क्षेत्रमा प्रभाव परेको छ। राजमार्गका ठाउँठाउँमा बाँसका भाटा बोकेका जनमत पार्टीका कार्यकर्ता बसेका छन्।

केही स्थानमा बाहेक लामो दूरीका सवारी साधन चल्न सकेका छैनन्। किसानका माग सम्बोधन नभएकोले आफूहरू आन्दोलनमा आउनुपरेको उनीहरूले बताएका छन्।

राजमार्ग क्षेत्रमा प्रहरी पनि परिचालन गरिएका छन्।

विगत एक महिनादेखि किसानलाई मलखाद दिनुपर्ने, सिँचाइको व्यवस्था गर्नुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने लगायतका ११ बुँदै माग राखेर जनमत पार्टी किसान आन्दोलन गरिरहेको छ।

यसअघि जनमतले पार्टीले गरेको राजमार्ग अवरुद्धलाई प्रहरीले बल प्रयोग गरेर खुलाएको थियो।