आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

गोकर्णेश्वर भित्रका खानेपानी समस्या तत्काल समाधान गर्न खानेपानी मन्त्रीलाई सांसद श्रेष्ठले गराए ध्यानाकर्षण

गोकर्णेश्वर खबर९ फाल्गुन २०८०, बुधबार २१:५४ मा प्रकाशित (२ महिना अघि) १८० पाठक संख्या

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका भित्रका खानेपानी समस्या तत्काल समाधान गर्न खानेपानी मन्त्री मा. महेन्द्र राय यादवलाई सांसद शान्ति श्रेष्ठले ध्यानाकर्षण पत्र बुझाएको छ ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं ९, ८, ६, ५ लगायत जोरपाटी सुन्दरीजल मुल सडक खण्डको खानेपानी समस्या तत्काल समाधान गर्न खानेपानी मन्त्री मा. महेन्द्र राय यादवलाई प्रतिनिधि सभा सदस्य माननीय शान्ति श्रेष्ठले ध्यानाकर्षण पत्र बुझाएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ९,८,६ र ५ भित्र बसोबास गर्ने करिब १५,००० घरधुरीमा रहेका साठ्ठी हजार बासिन्दाहरुको लागि खानेपानीको अत्यन्तै समस्या रहेको तथा यसै नगरपालिकाको वडा नं ९ मा मेलम्ची खानेपानी आयोजनाका २ वटा विशाल खानेपानी ट्याङ्कीहरु निर्माण भईरहदा समेत यी वडाहरुमा खानेपानीका लागि कुनै व्यवस्था नगरिएको भन्दै सांसद श्रेष्ठले खानेपानी मन्त्रीलाई ध्यानाकर्षण गराउदै पत्र बुझाएको छ ।

सुन्दरीजल खानेपानी आयोजनाको मूल पाइप यस नगरपालिकाको वडा नं ८, ६ र ५ को बीचबाट गएको भएता पनि ती वडाहरुमा उक्त पाइप बिच्छाइएको ठाउँ भन्दा माथिको एरियामा बिगत २० वर्षदेखि पानी सप्लाई हुन नसकेको साथै उचाइका कारण जमिन मुनिको पानी समेत बोरिङ गरि निकाल्न ज्यादै कठिनाइ रहेको र यसै नगरपालिकाको वडा नं ५ को जोरपाटी चोक नजिकै गत वर्ष बोरिङ खन्ने काम गर्दा जमिन मुनिबाट ग्याँस निस्किएर टोल समाज नै आतंकित बन्नु परेको र सो समयपछि उक्त क्षेत्रमा बोरिङ खनि पानी निकाल्ने कार्यमा समेत स्थानीयबासी डराउने गरेको हुँदा ती क्षेत्रका जनता खानेपानीबाट बञ्चित हुनुपरेको अवस्था रहेकाले तत्काल यी समस्याहरुको समधान गर्न मन्त्रीलाई सांसद श्रेष्ठ सहीत पिडित उपभोक्त प्रतिनिधिहरुले ध्यानाकर्षण गराएको छ ।
(ध्यानाकर्षण पत्र)