आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

मन्त्री ज्वालाको राजीनामा माग्दै अनेरास्ववियुको मसाल जुलुस

गोकर्णेश्वर खबर९ फाल्गुन २०८०, बुधबार १८:४० मा प्रकाशित (२ महिना अघि) ७० पाठक संख्या

काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुले भौतिक योजनामन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ । उनको राजीनामा माग्दै आज अनेरास्ववियुले त्रिचन्द्र क्याम्पस अगाडि मसाल जुलुस निकालेको छ ।

अनेरास्ववियुले हत्यारा सरकार भन्दै राजीनामा मागेको हो ।

ईपीएस कोरिया भाषा विवादमा आन्दोलन चर्किरहेका बेला मन्त्री प्रकाश ज्वाला ललितपुरको बालकुमारी पुगेपछि हिंसा भड्किएको थियो । जसमा दुई जना युवक प्रहरीको बल प्रयोगमा मारिएका थिए । यो प्रकरणमा छानबिन गर्न सरकारले बनाएको समितिले मन्त्री ज्वाला बालकुमारी पुग्नुलाई गलत भनेको छ ।