आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

वीरगञ्जमा कर्फ्यु

गोकर्णेश्वर खबर७ फाल्गुन २०८०, सोमबार १७:१० मा प्रकाशित (२ महिना अघि) ५५ पाठक संख्या

काठमाडौं । वीरगञ्ज महानगरपालिकाको केही स्थानमा कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले महानगरपालिकाको केही स्थानमा सोमबार बेलुका ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको हो ।

पर्सा प्रहरीका अनुसार पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको हो ।

रौतहटको ईशनाथ नगरपालिकाको मोतिपुरमा भएको विवादले झडपको रूप लिनसक्ने भन्दै कर्फ्यु जारी भएको हो ।