आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

राजस्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई अर्थमन्त्री महतको निर्देशन

गोकर्णेश्वर खबर२३ माघ २०८०, मंगलवार १५:४४ मा प्रकाशित (२ महिना अघि) ३७ पाठक संख्या

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अनुशासन र पारदर्शीका साथ राजस्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

मंगलबार कपिलवस्तुको कृष्णनगर भन्सार र आन्तरिक राजस्व कार्यालय निरीक्षण गर्दै मन्त्री महतले सर्वसाधारणलाई दुख पनि नदिने र आँखा पनि नचिम्लने गरी अनुशासन र पारदर्शीका साथ राजस्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।

को कहाँ के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुने उनले बताए । मन्त्री महतले कर्मचारीका जायज माग सरकारले तत्काल सम्बोधन गर्ने तर परिणाम पनि आवश्यक पर्ने धारणा राखे । उनले अनुशासन, पारिदर्शिताका साथ व्यवसायको यथार्थ मूल्यांकन गरिए राजस्वको लक्ष्य नजिक पुग्न सकिने बताए ।

महतले नयाँ ठाउँमा सम्पूर्ण संरचना निर्माणमा धेरै ठूलो लगानी चाहिने भएकाले नयाँ संरचनामा निर्माण तत्काल सम्भव नभएको स्पष्ट पारे ।