आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

संसदको हिँउदे अधिवेशन भोलिदेखि सुरु हुँदै,सभामुखले गरे संसद भवनको अवलोकन

गोकर्णेश्वर खबर२१ माघ २०८०, आईतवार १७:०४ मा प्रकाशित (२ महिना अघि) ६२ पाठक संख्या

काठमाडौं । संसदको हिँउदे अधिवेशन भोलि सुरु हुँदैछ । अधिवेशन सुरु हुनु अघिल्लो दिन सभामुख देवराज घिमिरेले संसदको अवलोकन गरेका छन् । संसदको बैठक कक्ष, बैठकको तयारी, कार्यकक्षलगायतको सभामुखले अवलोकन गरेका हुन् ।

यसैबीच प्रतिनिधिसभाको भोलि बस्ने बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक भएको छ । संसद सचिवालयका कार्यवाहक महासचिव पद्म पाण्डयेले कार्यसूची सार्वजनिक गरेका हुन् ।