आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा माओवादी केन्द्रका सुवेदी र कांग्रेसकी सापकोटा विजयी

गोकर्णेश्वर खबर११ माघ २०८०, बिहीबार १७:२२ मा प्रकाशित (३ महिना अघि) ७३ पाठक संख्या

दाङ । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत लुम्बिनीका दुवै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

बिहीबारको भएको निर्वाचनमा महिला कोटामा नेपाली कांग्रेसकी उम्मेदवार विष्णुकुमारी सापकोटा ५ हजार ४३५ मतभारसहित निर्वाचित भएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए।

उनले नेकपा (एमाले)की तुलसाकुमारी केसीलाई पराजित गरिन्। केसीले २ हजार ८६७ मतभार प्राप्त गरिन्।

महिला कोटामा राप्रपाबाट उम्मेदवार विजयालक्ष्मी सिंहले २५० मतभार प्राप्त गरिन्।

अन्य कोटामा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार झक्कु सुवेदी निर्वाचित भए। सुवेदी ५ हजार ४३५ मतभारसहित विजयी भए भने उनका प्रतिस्पर्धी नेकपा (एमाले) का झपेन्द्रबहादुर घर्ती क्षेत्रीले ३ हजार ३९ मतभार प्राप्त गरे।

जनमत पार्टीका बालगोविन्द चौधरीले २ सय ५० मतभार प्राप्त गरे। १०६ मतभार बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ।

बिहीबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको निर्वाचनमा प्रदेश सभातर्फ ८७ र स्थानीय तहतर्फ भएको ३०५ मतमध्ये ३०३ मत खसेको थियो।