आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

नेपाल मेडिकल कलेजले उठाउँदै आएको पार्किङ्ग शुल्क नलिन मेयर रिसालको निर्देशन

गोकर्णेश्वर खबर२२ पुष २०८०, आईतवार १७:०४ मा प्रकाशित (३ महिना अघि) १७९ पाठक संख्या

काठमाडौं । अत्तरखेलस्थिल नेपाल मेडिकल कलेजले उठाउँदै आएको सवारी पार्किङ्ग शुल्क नलिन गोकर्णेश्वर नगरपालिकाले आग्रह गरेको छ ।

नगरपालिका प्रमुख दिपक रिसालले अस्पतालका प्रबन्ध निर्देशक जैनुद्दिन अन्सारीलाई पत्र लेख्दै तत्काल निःशुल्क पार्किङ्गको व्यवस्था गर्न आग्रह गरेका छन् ।

अस्पताल जस्तो संवेदनशील क्षेत्रमा पार्किङ्गलाई शुल्क रहित बनाई अस्पतालको सेवा प्रवाह गर्न मेयर रिसालले निर्देशन दिएका हुन ।

नेपाल मेडिकल कलेजमा स्वास्थ्य सेवा लिन जाने सेवाग्राहीहरुलाई अस्पताल परिसर भित्र सवारीसाधन पार्किङ्ग गर्दा पार्किङ्ग शुल्क लिएको भन्दै गोकर्णेश्वरवासी एवं आम सेवाग्राहीहरुले ब्यापक गुनासो गरेको भन्दै पार्किङ्गलाई शुल्क रहित गर्दै सेवा प्रवाह गर्न मेयर रिसालले निर्देशन दिएका हुन ।