आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

१० औँ तारेभिर महोत्सव तयारी शुरू

गोकर्णेश्वर खबर२१ पुष २०८०, शनिबार २१:२३ मा प्रकाशित (३ महिना अघि) ४८० पाठक संख्या

पुस २१, काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं. ३ स्थित तारेभिरमा पर्यटन महोत्सवको आयोजना गरिने भएको छ ।

आर्थिक समृद्धिका लागि स्थानीय उत्पादन र संस्कृति विविधताले भरिपूर्ण तारेभिरको प्रकृति’ नारा सहित यस वर्ष १० औँ तारेभिर पर्यटन महोत्सवको तयरी शुरू गरेको छ । तारेभिर महिला समूहको आयोजनामा गोकर्णेश्वर नगरपालिकाको सहयोग समेत रहेको त्यस महोत्सवलाई भव्य रूपमा सफल पार्न आज विभिन्न राजनीतिक दल, समाजसेवी, महिला तथा युवाहरूबीच विशेष छलफल सम्पन्न भएको आयोजकले जनाइएको छ । महोत्सवमा साहित्य सम्मेलन, तस्वीर, स्थानीय उत्पादन, तामाङ जातिको खाना, सामान र भेषभूषा प्रदर्शनी गरिनेछ । महोत्सवकै अभियान अन्तरगत जनचेतनामूलक सरसफाई कार्यक्रम, साहित्य सम्मेलन तथा माघ १ गते विशेष मेला लाग्ने कार्यक्रम संयोजक सुनिता राना मगर लामाले जानकारी दिइन् ।

महोत्सव सफल पार्न यसवर्ष तारेभीर महिला समूहले विशेष सक्रियता देखाएको छ । अघिल्लो वर्षभन्दा फरक तरिकाले महोत्सव आयोजना हुने भएको छ । स्थानीय बाजा, नाच, कला संस्कृति, धामी, बोन्बो (झाँक्री)को प्रस्तुति तथा टुङ्ना र डम्फूको विशेष प्रस्तुती समेत रहने जनाइएको छ । त्यस्तै महिला समूहले तयार पारिएको आचार, मकै, कोदो, फापरको पिठोको सेल रोटी, तरूल, घ्युचाकु लगायत खाने परिकारको विशेष प्रर्दशन तथा विक्री वितरण गरिने तारेभिर महिला समूहकी अध्यक्ष सुनिता राना मगर लामाले बताईन् ।

तामाङ समुदायको बाहुल्यता रहेको तारेभिरमा विशेष गरी प्राकृतिक एवम् साँस्कृतिक मनोरम दृश्यअवलोकन गर्न सकिनेछ भने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको भाग पर्दछ । गोकर्ण हनुमानथानबाट करिव ११ किलोमीटर दूरि रहेको तारेभीरमा हुने महोत्सवमा सहभागी हुनेहरूलाई माघ १ गते सवारी सधानको व्यवस्थापन गरिने आयोजकले जनाइएको छ । विसं २०७१ देखि प्रत्येक वर्ष माघ १ गते तारेभीरमा महोत्सव गर्दै आएको थियो । महोत्सवमा विभिन्न चर्चित कलाकारका साथ स्थानीय कलाकारहरूको विशेष मनोरञ्जान्तमक प्रस्तुति रहने आयोजकले जनाइएको छ ।