आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

पार्टी र देश पूर्व प्रधानमन्त्रीहरुको नियन्त्रणमा चलिरहेको छ : गगन थापा

गोकर्णेश्वर खबर१८ पुष २०८०, बुधबार १९:१४ मा प्रकाशित (३ महिना अघि) ६४ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभाको मर्म अनुसारका व्यक्तिहरु सांसद हुने अवस्था आफूले नदेखेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा महामन्त्री थापाले ख्यातिप्राप्त व्यक्तिहरु राष्ट्रिय सभामा पुर्‍याउने बहस नहुने परिस्थिति बनेको बताए ।

राष्ट्रिय सभाका रिक्त पदका लागि हुने निर्वाचनमा छलफलमा जुटिरहेका थापा भन्छन्,‘निर्णय गर्ने थलोमै उचित प्रतिनिधित्व नहुँदै गर्दा यस्तो कुराहरु आफैं हराउँदै जाने रहेछ ।’

पार्टी र देश पूर्व प्रधानमन्त्रीहरुको नियन्त्रणमा देश चलिरहेको थापाले बताए । ‘मैले पढेको र भाइब्रेन्ट डेमोक्रेसी भएको देशमा भूतपूर्व प्रधानमन्त्रीहरु यतिधेरै राजनीतिमा क्रियाशील मलाई थाहा छैन,’ महामन्त्री थापाले भने । पूर्व प्रधानमन्त्रीहरु यति लामो समय क्रियाशील हुनु राजनीतिकको दुखद पक्ष भएको थापाले टिप्पणी गरे ।