आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

मन्त्री ज्वालालाई ओलीको ‍कटाक्ष : हुलमा निहुँ खोज्न गाडी लिएर किन जानुपरेको ?

गोकर्णेश्वर खबर१६ पुष २०८०, सोमबार १६:३० मा प्रकाशित (३ महिना अघि) १०९ पाठक संख्या

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारीमा हुलमा मन्त्रीले गाडी लिएर गएर निहुँ खोजेको बताएक छन्।

४८ औं मेलमिलाप दिवसका अवसरमा काठमाडौंमा नेपाली कांग्रेसले गरेको कार्यक्रममा बोल्दै ओलीले मन्त्रीले गाडी लिएर हुलमा गएपछि निहुँ खोजेपछि भीड थप उत्तेजित भएको बताएका हुन्।

‘मन्त्री त्यहाँ हुलमा गाडि लिएर किन जानुपर्‍यो? हुलमा गएर, निहुँ खोजेर, उत्तेजित बनाएर गोली चलाएर मान्छे मारेको छ,’ उनले भने।

यी सबै विषयहरूले स्थिति असहज हुँदै गइरहेको ओलीले बताए।

‘बन्दुकको कुन्दाले हानेर मान्छे ठाउँका ठाउँको घुत्रुक्कै मारेको छ। यो सहज कुरो हो,’ उनले भने।