आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

सांसद पक्राउबारे सभामुखले लिए गृहमन्त्री र प्रहरी प्रमुखसँग जानकारी

गोकर्णेश्वर खबर१६ पुष २०८०, सोमबार १५:४५ मा प्रकाशित (३ महिना अघि) ४९ पाठक संख्या

काठमाडौँ । सभामुख देवराज घिमिरेले सोमबार पक्राउ परेका तीनजना सांसदबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्त कुँवरसँग जानकारी लिएका छन्।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत रहेकी अनिता देवी र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान पक्राउबारे सभामुखले गृहमन्त्री र प्रहरी महानिरीक्षक कुँवरबाट जानकारी लिएका हुन्।

फोन सम्पर्कमा गृहमन्त्री श्रेष्ठले आफूले हिरासतमै गएर उनीहरूलाई छुटाउने जवाफ सभामुखलाई दिए।

त्यसलगत्तै भृकुटीमण्डप पुगेर गृहमन्त्रीले सांसदहरू छुटेको जानकारी सभामुख घिमिरेलाई दिए। उता आईजीपी कुँवरले तीनै सांसदले निषेधित क्षेत्र तोडेको घटनाबारे जानकारी गराएका थिए।