आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

अर्धनग्न भएर प्रधानमन्त्री कार्यालय अगाडि प्रदर्शन गर्ने ३ जना पक्राउ

गोकर्णेश्वर खबर१६ पुष २०८०, सोमबार १५:१४ मा प्रकाशित (३ महिना अघि) ४९ पाठक संख्या

काठमाडौं । सिंहदरबारभित्र प्रधानमन्त्री कार्यालय अगाडि अर्धनग्न भएर प्रदर्शन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार दिउँसो सिंहदरबार भित्र प्रवेश गरी तीन जनाले प्रधानमन्त्री कार्यालय अगाडि अर्धनग्न भएर प्रदर्शन गरेका हुन्।

गृह मन्त्रालयबाट पास लिएर उनीहरू त्यहाँ प्रवेश गरेको पाइएको छ।

पक्राउ पर्नेहरू मोहन वैद्य निकट क्रान्तिकारी माओवादीका कार्यकर्ताहरू रहेको खुलेको छ। पक्राउ पर्नेहरू दिपेन्द्र सिंह, आकाश कार्की र पदम हमाल छन्। उनीहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।

प्रदर्शनका क्रममा उनीहरूले नो एमसिसी, सट्प मर्दर, नो एनसेल र सेभ द नेशनल लेखेको पर्चा शरीरमा टाँसेका थिए।

यस्तै वैद्य समूहका कार्यकर्ताहरूले प्रधानमन्त्री निवास बालुवाटारमा र सर्वोच्च अदालत अगाडि पनि यसैगरी प्रदर्शन गरेका हुन्।