आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

रास्वपा सभापति रवि लामिछाने माथि खोया प्रहार,खोया घरमा सजाएर राख्ने लामिछानेको घोषणा

गोकर्णेश्वर खबर७ पुष २०८०, शनिबार २२:०० मा प्रकाशित (४ महिना अघि) ५९ पाठक संख्या

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई प्रहार भएको खोया घरमा झुन्डाएर राख्ने घोषणा गरेका छन् ।

पोखरास्थित अमरसिंहचौरमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि सभामा सहभागी लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले मकैको खोया प्रहार गरेका थिए ।

मकैको खोया प्रहारपछि सम्बोधन गर्दै रविले आफ्नो सपना पूरा नभएसम्म खोयालाई घरमा झुन्डाएर राख्ने घोषणा गरेका हुन् ।

‘मैले सर्टिफिकेट आजसम्म घरको भित्तामा झुन्ड्याएको छैन । मेरो सपना पूरा नभएसम्म मैले यो मकैको घोगालाई आफ्नो घरमा झुन्डाएर राख्नेछु,’ उनले भने, ‘मैले तबसम्म सजाएर राख्नेछु तपाई हामीले देखेको साझा सपना पूरा हुने छैनन् । कुहिन दिन्न झर्न दिन्न । जोगाएर राख्नेछु ।’

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले खोया प्रहार गर्ने युवकलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए ।

‘घटना हेर्दा शङ्कास्पद देखिन्छ । उहाँहरू (रवि लामिछाने) ले उजुरी दिनुभएको छैन । हामीले प्रहरीको तर्फबाट अनुसन्धान गरिरहेका छौ । कोहीबाट परिचालित हो होइन भन्ने विषयमा,’ उनले भने ।