आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान,अरु कसले के पाए जिम्मेवारी ?

गोकर्णेश्वर खबर७ पुष २०८०, शनिबार २१:२८ मा प्रकाशित (४ महिना अघि) १९७ पाठक संख्या

काठमाडौं–तामाङ चलचित्र संघको अध्यक्षमा पुनः कुमार मोक्तानले जिम्मेवारी पाउनुभएको छ । संघको शनिबार सम्पन्न १४ औं साधारण सभा तथा ७ औ महाधिवेशनले सर्वसम्मत रुपमा मोक्तानलाई नेतृत्वमा चयन गरेको हो ।
महाधिवेशन बन्दसत्रबाट वरिष्ठ उपाध्यक्षमा दिपक तामाङ,उपाध्यक्षमा अमर लामा र विनायक तामाङ तथा महिला उपाध्यक्षमा सुनिता लुङबा चयन हुनुभएको छ ।
संघको महासचिवमा ऋतुराज पाख्रिन,सचिवमा उतर लामा ९संगुल०,कोषाध्यक्षमा पुनः जोगलाल लामा,सह कोषाध्यक्षमा सुनिता दोङ पनि सर्वसम्मत निर्वाचित हुनुभयो ।
सदस्यहरुमा मायादेवी मोक्तान,सुस्मा मोक्तान,बुद्ध तामाङ,दिपक तामाङ स्याङतान,कुइसाङ रुम्बा,संजय हुत्त,रुपा एस घले,बीरमान स्याङतन,प्रवल थिङ,कुमारी माया ग्लान,ज्ञानदास तामाङ,संगीता तितुङ,सञ्चु थोकर,रेसम कुमार स्याउली,सृजना तामाङ रहनुभएको छ । कार्यसमितिमा अन्य ६ जना भने मनोनित गर्ने जनाइएको छ ।
अधिवेशनबाट निवर्तमान कार्यसमिति उपाध्यक्ष भुइसाल लामा,निर्देशक विनय दोङ र वरिष्ठ नायिका चाँदनी मोक्तानलाई सल्लाहकारको जिम्मेवारी दिइएको छ ।
कार्यक्रममा तामाङ पत्रकार संघका संघीय महासचिव तिर्थमान वल तामाङ,तामाङ राष्ट्रिय घेदुङका महासचिव प्रविन वल,म्हेन्दोमाया कलाकार संघका अध्यक्ष आरम्भ तामाङ,तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तान,वाइबा समाजका अध्यक्ष विगेन्द्र वाइबा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।