आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

माओवादी केन्द्र पदाधिकारी बैठक भोली बस्ने

गोकर्णेश्वर खबर२ पुष २०८०, सोमबार १८:१३ मा प्रकाशित (४ महिना अघि) ५६ पाठक संख्या

काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीको पदाधिकारी बैठक बोलाएको छ ।

प्रवक्ता समेत रहेका पार्टी उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले मंगलबार दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको जानकारी दिए ।

बैठकमा अभियानको समीक्षा, आगामी राष्ट्रियसभा निर्वाचन, केन्द्रिय समिति बैठक र पार्टीको विधान सम्मेलनका विषयमा छलफल हुने सापकोटाले बताए ।

विशेष गरी आगामी १६ पुसमा समापन हुन लागेको जनतासँग माओवादी विशेष अभियानका विषयमा बैठकमा छलफल हुनेछ ।